नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपसभापति एवं केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापति तोकेका छन् ।
सभापति देउवाले आफू देशबाहिर प्रस्थान गरेकाले पार्टीको विधानबमोजिम स्वदेश नफर्कुन्जेलसम्म खड्कालाई पार्टीको कार्यवाहक सभापति तोकेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
देउवा स्वास्थ्योपचारका आइतबार दिउँसो थाइल्यान्ड बैंकक प्रस्थान गरेका हुन् । उनी सिंगापुरमा आँखा र पेटको उपचारको ‘फलोअप’का लागि थाइल्यान्ड गएका हुन् । देउवा प्रत्येक दुई/तीन वर्षमा स्वास्थ्य फलोअपका लागि सिंगापुर जाने गरेका छन् ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।