बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
समाचार

लामिछानेको निवेदन न्यायाधीश फुँयालले नहेर्ने, आज सुनुवाइ नहुने

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, ८ वैशाख, २०८२ मा प्रकाशित
फाइत तस्बिर ।
काठमाडौं, वैशाख ८ :

सहकारी ठगी अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका रास्वपाका सभापति रवि लामिछानेका तर्फबाट सर्वोच्च अदालतमा परेको बन्दीप्रत्यक्षीकरणको निवेदन न्यायाधीश हरिप्रसाद फुँयालले नहेर्ने भएका छन् ।

लामिछानेको निवेदन फुँयालले नहेर्ने भएपछि त्यसमाथिको सुनुवाइ पनि आजका लागि स्थगित भएको छ । निवेदनको प्रारम्भिक सुनुवाइका लागि न्यायाधीश फुँयालको इजलासमा पेसी तोकिए पनि उनले उक्त मुद्दा नहेर्ने बताएका हुन् ।

आफूलाई गैरकानुनी थुनामा राखेको दाबी गर्दै लामिछानेले पत्नी निकिता पौडेलमार्फत आइतबार सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण निवेदन दिएका थिए ।

बुटवलको सुप्रिम सहकारी ठगीसम्बन्धी मुद्दामा जिल्ला अदालत रुपन्देहीले रविलाई १ करोड धरौटीमा रिहा गरेको थियो । उक्त आदेश उच्च अदालतले चैत २२ गते बदर गरेर थुनामै पठाउन भनेको थियो । आदेशलगत्तै लामिछाने काठमाडौंबाट पक्राउ परेका थिए । उनी अहिले रुपन्देही कारागारमा छन् ।
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार