काठमाडौं, वैशाख ९ :

राजसंस्था पुनर्स्थापना संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदी नजरबन्द मुक्त भएका छन्।  

चैत १५ गतेको राजावादीको हिंसात्मक प्रदर्शनपछि सुवेदीलाई उनकै घरमा नजरबन्दमा राखिएको थियो।

‘गत चैत १५ गतेबाट चौबीसै घण्टा म प्रहरीको निगरानीमा थिएँ,’उनले भने, ‘आजको दिनबाट निगरानी हटेको छ र म संयुक्त जनआन्दोलन समितिको नियमित काममा फर्केको छु।’

उनी चैत १५ गते (तीनकुने घटना)देखि प्रहरी निगरानीमा थिए ।