काठमाडौं, वैशाख १० :

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीमा रघुजी पन्त नियुक्त भएका छन् । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले पन्तलाई शिक्षामन्त्री नियुक्त गरेका हुन् ।  पन्तको भोलि (बिहीबार) शपथ गराउने कार्यक्रम तय भएको छ । मन्त्री नियुक्त भएका पन्त एमालेका समानुपातिक सांसद हुन् ।

यसअघि शिक्षामन्त्रीमा नियुक्त विद्या भट्टराईले वैशाख ८ गते प्रधानमन्त्री समक्ष राजीनामा दिएकी थिइन्। उनले प्रधानमन्त्रीबाट असहयोग भएकोलगायतका कारण देखाउँदै राजीनामा दिएकी हुन् ।यद्यपि प्रधानमन्त्रीलाई बुझाएको राजीनामा पत्रमा भने उनले स्वास्थ्यको कारण देखाएकी छन् ।

नवनियुक्त मन्त्री पन्तका लागि शिक्षक आन्दोलन परीक्षाको घडी हुने भएको छ । उनले अब शिक्षकहरुको आन्दोलनलाई कसरी सम्बोधन गर्नेछन् त्यो हेर्न बाँकी छ । २२ दिनदेखि काठमाडौंमा सडक आन्दोलन गरिरहेका शिक्षकहरु विद्यालय ऐन जारी नभएसम्म नफर्कने अडानमा छन् ।