काठमाडौं, वैशाख ११ :

नवनियुक्त शिक्षामन्त्री रघुजी पन्तले पद तथा गोपनियताको शपथ लिएका छन् । राष्ट्रपति भवन शीतलनिवासमा  बिहीबार आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई शपथ गराएका हुन् ।

राष्ट्रपति पौडेलले बुधबार नेकपा एमालेका समानुपातिक सांसद पन्तलाई प्रधानमन्त्री केपी ओलीको सिफारिसमा शिक्षा मन्त्री नियुक्त गरेका थिए । गत ८ वैशाखमा विद्या भट्टराईले मन्त्री पदबाट राजीनामा दिएकी थिइन् ।