काठमाण्डौं, वैशाख १२ :

विश्व खाद्य कार्यक्रम डब्लुएफपी ले इजरायलको करिब आठ हप्ता लामो नाकाबन्दीका कारण गाजा पट्टीमा खाद्यान्नको मौज्दात समाप्त भएको जनाएको छ ।

डब्लुएफपीले एक विज्ञप्ति जारी गर्दै आफ्नो अन्तिम स्टक गाजा वरपरका च्यारिटी भान्सामा वितरण गरेको जनाएको छ । ती भान्साघरमा आगामी दिनमा खानाको अभाव हुने अनुमान समेत गरिएको एपीले जनाएको छ ।

संयुक्त राष्ट्रसंघका अनुसार गाजाको २० लाखभन्दा बढी जनसंख्या मध्ये करिब ८० प्रतिशत खाद्यान्नका लागि परोपकारी भान्सामा निर्भर छन् ।  इजरायलको नाकाबन्दीका कारण अन्य स्रोतहरू बन्द भएका छन् ।

डब्लुएफपीले ४७ वटा भान्साघरलाई सहयोग गरिरहेको डब्लुएफपीका प्रवक्ता अबीर इटेफाले बताएका छन् ।