काठमाण्डौं, वैशाख १३ :

पोप फ्रान्सिसको अन्त्येष्टि भ्याटिकनमा गरिएको छ ।  उनको शवलाई  रोमको चर्चमा राखिएको छ  ।

पोपको अन्तेष्टीमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र बेलायती राजकुमार विलियम लगायत दर्जनौं नेताहरुको उपस्थिति रहेको थियो ।   सेन्ट पिटर्स स्क्वायरभित्र नै दशौं लाख मानिसहरु भेला भएका थिए ।

भ्याटिकनले एक विज्ञप्ति जारी गर्दै पोप फ्रान्सिसको शव मध्य रोमस्थित बेसिलिका अफ सेन्ट मेरी मेजरमा राखिएको जनाएको छ ।

पोप एक शताब्दीयता भ्याटिकन बाहिर राखिएको पहिलो व्यक्ति हुन् । जसले गर्दा उनका नजिकका व्यक्तिहरूले समेत  श्रद्धाञ्जलि अर्पण गर्न सक्ने विज्ञप्तिमा भनिएको छ।