
काठमाण्डौं, वैशाख १४ :

नेपाली कांग्रेसकी सांसद माया राईलाई प्रहरीले पक्राउ परेको जानकारी प्रहरीले सभामुखलाई गराएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंले संघीय संसद सचिवालयमा पत्र पठाएर राईलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जानकारी गराएको हो ।
कालीमाटीस्थित स्वर्णलक्ष्मी बचत ऋण सकारी ठगीमा मुद्दामा फरार रहँदै आएकी राईलाई हिजो राति कपनस्थित निवासबाटै प्रहरीले पक्राउ गरेको हो।
सत्ताको आडमा पक्राउ नगरिएको भन्दै धेरै आलोचना हुँदै आएको थियो ।