काठमाण्डौं, वैशाख १४ :

मातातीर्थ औँशीका दिन आज काठमाडौँको चन्द्रागिरि नगरपालिका–६ मातातीर्थ कुण्डमा दिवङ्गत आमाको सम्झनामा लागेको मेला लागेको छ । मातातीर्थ कुण्डमा स्नान गर्ने तथा दर्शन गर्ने भक्तजनको घुइँचो लागेको छ ।

मातातीर्थ कुण्ड परिसरमा औँशीको अघिल्लो साँझ बत्ती बालेर मातृभक्ति प्रकट गरिएको छ । धर्मशास्त्रमा आमाको स्थान परमात्मा भन्दा उच्च मानिन्छ ।