बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#कर्मचारीलाई कारबाही सिफारिस#कवीन्द्र बुर्लाकोटी#संसदीय विशेष समिति#भोटेकोशी बाढी#अखिल नेपाल फुटबल संघ#चार महिनापछि ताला खोलियो#सामाजिक सञ्जाल#स्वीप अपरेसन#कर्णाली याक्सको जित#कर्णाली याक्स#जनकपुर बोल्ट्स#अध्यागमन विभाग#पदयात्रा अनुमति बन्द#मुस्ताङको स्याउ#बिक्री हुन सकेन#कोशी प्रदेश सरकार #कर्मचारीलाई कारबाही सिफारिस#कवीन्द्र बुर्लाकोटी#संसदीय विशेष समिति#भोटेकोशी बाढी#अखिल नेपाल फुटबल संघ#चार महिनापछि ताला खोलियो#सामाजिक सञ्जाल#स्वीप अपरेसन#कर्णाली याक्सको जित#कर्णाली याक्स#जनकपुर बोल्ट्स#अध्यागमन विभाग#पदयात्रा अनुमति बन्द#मुस्ताङको स्याउ#बिक्री हुन सकेन#कोशी प्रदेश सरकार
राजनीति भिडियो

राप्रपालाई कांग्रेसको चुनौती- रक्सीको बोतल चोर्ने कुन सहमहामन्त्रीको छोरा हो ?

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, १४ वैशाख, २०८२ मा प्रकाशित
राप्रपालाई कांग्रेसको चुनौती- रक्सीको बोतल चोर्ने कुन सहमहामन्त्रीको छोरा हो ?
काठमाडौं, वैशाख १४ :

कोटेश्वरमा रहेको भाटभटेनी स्टोरबाट गत चैत १५ गते तीनकुनेमा भएको घटनाका क्रममा रक्सीको बोतल चोर्ने कुन सहमहामन्त्रीको छोरा हो ? भन्दै त्यो प्रमाणित गर्न चुनौती दिएको छ ।

नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले प्रतिनिधिसभामा आइतबार कांग्रेसका कुन सहमहामन्त्रीका कुन छोराले रक्सीको बोतल चोरेका हुन् त्यो प्रमाणित गर्नुपर्ने भन्दै  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनलाई चेतावनी दिए ।

‘कुनचाहिँ सहमहामन्त्रीको कुनचाहिँ छोरोले रक्सीको बोतल बोकेर हिँड्नुभएको हो त्यो प्रमाण पेस गर्नुपर्छ । होइन भन्ने उहाँको भनाइ रेकर्डबाट हटाउनुपर्छ,’ प्रमुख सचेतक घिमिरेले संसद्‌मा भने ।

राप्रपा अध्यक्ष लिङ्देनले शुक्रबारको प्रतिनिधिसभा बैठकमा भाटभटेनीमा रक्सी चोर्नेमा कांग्रेस सहमहामन्त्रीका छोरा पनि रहेको प्रमाण आफूहरूसँग रहेको बताएका थिए ।


 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार