शनिबार, २१ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण #पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण
समाचार

नवदुर्गा जात्रा सम्पन्न

· आइतबार, १४ वैशाख, २०८२ मा प्रकाशित
नवदुर्गा जात्रा सम्पन्न
काभ्रे, वैशाख १४ :

बनेपामा तीन दिनदेखि सञ्चालन भएको नवदुर्गा जात्रा आज सम्पन्न भएको छ । जात्राका क्रममा आज साँझ देवगणले नवदुर्गाको भेषमा नाचसँगै ‘माछा मार्ने’ काम सकेर जात्रा सम्पन्न गरिएको हो ।

विशेषगरी बनेपा नगरपालिका–७ स्थित तीनधारा डबलीमा समापनका अवसरमा भएको नवदुर्गा जात्रामा नवदुर्गाको भेषमा देवगणहरूको नाच हेर्न स्थानीयको भीड लागेको थियो । जात्राका क्रममा श्वेतभैरवले मान्छेरूपी माछा (स्थानीय व्यक्ति)लाई समात्न खोज्ने र जात्रामा सरिक स्थानीय मुखमा हातले थपथपाएर आवाज निकाल्दै भाग्ने चलन रहेको छ । यसरी भागेकालाई श्वेतभैरवले पक्रन खोज्ने भएकाले देवगणद्वारा पक्रियो भने ‘अपसकुन’ हुने डरले व्यक्तिहरू भागिरहने प्रचलन रहिआएको छ ।

नवदुर्गा जात्रा बनेपाबाहेक काभ्रेपलाञ्चोकको पनौती,धुलिखेल,चौकोट,श्रीखण्डपुरलगायत स्थानमा पनि लाग्ने प्रचलन रहेको छ । यस्तै बनेपामा जात्रा सकिएपछि ‘नवदुर्गा’ पनौती जाने मान्यता छ । जात्राको संस्कृतिअनुसार वैशाख महिनामा भक्तपुरबाट नवदुर्गाको आगमन हुने र नवदुर्गाले तीन दिनसम्म विभिन्न हाउभाउका साथ ऐतिहासिक सहर बनेपाका डबलीहरूमा नृत्य देखाउने गर्छन् ।

नवदुर्गाको आगमन हुँदा स्थानीयले आ–आफ्ना घरबाट विशेष पूजा सामग्रीसहित पूजा गर्छन् । श्रद्धालुले पञ्चबली दिने,नवदुर्गा देवगणलाई भोजन गराउनेसमेत गर्छन् । स्थानीय कान्छामान रंजितका अनुसार यस जात्राको मुख्य आकर्षण ‘ङा–लाकेगु’अर्थात् माछा मार्नु हो । माछा मार्ने जात्रा देखाउने क्रममा विभिन्न बोल,बाजागाजाको तालमा देवगणबाट नाच प्रस्तुत गरिन्छ ।

यसअघि वरपर पैसा (दक्षिणा)माग्ने र त्यसपछि मात्रै माछा मार्ने जात्रा प्रारम्भ गरिन्छ । 

पहिले जात्रामा सरिक युवालगयात मान्छेलाई देवताले लखेट्ने र दोस्रो चरणमा साँझपख श्वेतभैरवको ङा–लाकेगु नाच प्रदर्शन गरिन्छ । यस्तै, नाच प्रदर्शन पूर्व महाकाली र श्वेतभैरवको आकर्षक नृत्य देखाइन्छ । जात्रा अवधिभर स्थानीयले नवदुर्गाको पासुका (एक प्रकारको धागोको रङ्गीचङ्गी माला) र मोहनी (कालोटीका) लगाउने प्रचलन छ । 
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार