
जिल्ला प्रहरी परिसर काठमाडौँले विभिन्न सञ्चार माध्यमहरूबाट तीनकुने घटनामा नेपाली काग्रेसका सह–महामन्त्रीको छोरा पक्राउ गरी बिना कारवाही छाडिएका भन्ने प्रेषित समाचारहरूमा कुनै सत्यता नरहेको स्पष्ट पारेको छ ।
परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले हिजो जारी विज्ञप्तिमा तीनकुने घटनामा नेपाली काग्रेसका सह–महामन्त्रीको छोरा पक्राउ गरी बिना कारवाही छोडिएको भन्ने प्रेषित समाचारमा यस कार्यालयको गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ ।
त्यस्तो कुनै पनि व्यक्तिलाई यस परिसर तथा मातहत कार्यालयहरूबाट नियन्त्रणमा लिइएको भन्ने समाचारमा कुनै सत्यता नरहेको व्यहोरा सम्पूर्णमा जानकारी गराइन्छ, विज्ञप्तिमा भनिएको छ ।
प्रतिनिधि सभाको बैठकमा राप्रपा सांसद राजेन्द्र लिंङ्देनले चैत्र १५ गते काठमाडौँको प्रदशर्नमा भाटभटेनी सुपरमार्केट लुट्ने मध्ये एक जना काँग्रस सहमहामन्त्रीको छोरा भएको भनेपछि कांग्रेसले विरोध गर्दै आएको छ ।