
पाल्पा, वैशाख १५ :
पाल्पाको रैनादेवी छहरा-१ सिद्धेश्वरमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् ।
दुर्घटना गएराती करीब १२ बजेतिर सिद्धेश्वरको असारे जंगलमा भएको प्रहरीले जनाएको छ । सर्वोत्तम सिमेन्टको खानी नजिकै जीप दुई सय मिटर तल खस्दा स्थानीय दिपेन्द्र बुढा,चेतबहादुर बिक र जनक रेगामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
दुर्घटनामा घाइते भएका उनीहरुलाई अस्पतालमा पुर्याए लगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए ।दुर्घटनामा घाइते भएका चालक रन्जन रेस्मी र सरोज बुढाको तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा उपचार भइरहेको छ ।
घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।