सबै शिक्षक र कर्मचारीलाई काठमाडौँमा आउन महासंघको अपिल
सोमबार, १५ वैशाख, २०८२ मा
प्रकाशित
वैशाख १५ :
शिक्षक आन्दोलनको नेतृत्व गरिरहेको नेपाल शिक्षक महासंघले हिजो आइतबार आफूहरूमाथि भएको दमनको प्रतिकार गर्ने बताएको छ ।
महासंघले एक विज्ञप्ति जारी गर्दै शान्तिपूर्ण आन्दोलनमा रहेका शिक्षक कर्मचारी माथि भएको क्रुर दमनको विरोधमा आफूहरूसँग उभिन सबै पेसागत संस्था,आम शिक्षा सरोकार समूह तथा आम नेपालीलाई अपिल गरेको छ ।
नेपाली शिक्षक-कर्मचारीहरू अग्रगामी विद्यालय शिक्षा ऐन बिना आफ्नो कार्यक्षेत्रमा नफर्कने कुरा विज्ञप्तिमा उल्लेख गरिएको छ । साथै देशभरका सबै शिक्षक-कर्मचारी साथीहरूलाई आफ्ना साथीहरूमाथि भएको अत्याचारको प्रतिकार गर्न अनिवार्य काठमाडौँ आइ आन्दोलनमा सहभागी हुन समेत अपिल गरेको छ ।
देशभरका शिक्षकहरुले गत वर्षको माघ २० गतेबाट काठमाण्डौंमा निरन्तर शान्तिपूर्ण आन्दोलन गरिरहेका छन् ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।