
फाइल तस्बिर।
नेकपा (एमाले) का सांसद सूर्यबहादुर थापा क्षेत्रीले शिक्षा विधेयकको सन्दर्भमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तसँग स्पष्ट धारणा माग गरेका छन्।
प्रतिनिधिसभाको सोमबारको बैठकमा सांसद थापाले शिक्षा विधेयकलाई यही अधिवेशनमा निष्कर्षमा पुर्याउने विषयमा शिक्षामन्त्रीले संसद र जनतालाई जानकारी दिनुपर्ने आवश्यकता औंल्याए। ‘शिक्षा विधेयकको टुंगो यही अधिवेशनमै लगाउने तयारीमा सरकार छ कि छैन भन्ने स्पष्ट पार्नुपर्छ,’भनी सांसद थापाले संसद्मा धारणा माग गरेका छन्।
थापाले आइतबार भएको शिक्षक आन्दोलनमा देखिएको घटनाप्रति दुःख व्यक्त गर्दै राष्ट्रसेवकमाथि यस्ता व्यवहार हुनु नहुने बताए। ‘शिक्षक आन्दोलनमा हिजो भएको घटनाप्रति दुःख व्यक्त गर्न चाहन्छु, यस्तो हुनु नपर्ने हो।
प्रहरी पनि राष्ट्रसेवक हुन्, शिक्षक पनि राष्ट्रसेवक हुन्,’ उनले भने, ‘राष्ट्रसेवकमाथि आन्दोलनका नाममा गरिने व्यवहार होस् वा जेसुकै होस्, यस्तो गर्नु दुःखद र अनुचित हो।’ सांसद थापाले आन्दोलनरत शिक्षकहरूलाई पनि संयमित ढंगले आन्दोलित हुन आग्रह गरे ।