
सङ्खुवासभाको सदरमुकाम खाँदबारीबाट धनकुटा तर्फ जादै गरेको जाँदै गरेको बोलेरो जिप आज दिउँसो अरुण नदीमा खस्दा ३ जना घाइते भएका छन् ।
घाइते हुनेहरुमा खाँदबारी–९ का ४१ बर्षीय रमेश राई,मकालु गाउँपालिका–५ का २० बर्षीय चालक किरण गुरुङ र पैदलयात्री चैनपुर नगरपालिका–११ का ६६ बर्षीय ढोकर बहादुर पाण्डे भएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ ।
घाइते तीनै जनाको मनकामना सामुदायिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । धर्मदेवी –८ स्थित सुर्तीबारीमा पैदलयात्रीलाई ठक्कर दिएर गाडी अनियन्त्रित भएर अरुण नदीमा खसेको थियो ।
दुर्घटना भएको जिप अरुण नदीमा डुबेको छ । अरुण नदीमा खसेको जिप निकाल्ने प्रयास भइरहेको छ । घटनास्थलमा नेपाल प्रहरी र ससस्त्र प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।