
काठमाण्डौं, वैशाख १५ :
सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पठाउने निर्णय गरेको छ ।
सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले आगामी बैशाख १९ गते संघीय संसद्को दुवै सदनमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने निर्णय भएको सञ्चार,सूचना तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिएका हुन् ।
नेपालको संविधानको धारा ९५ अनुसार संघीय संसद्का दुवै सदनमा सम्बोधनका लागि राष्ट्रपतिलाई आह्वान गर्ने निर्णय भएको हो ।