काठमाण्डौं, वैशाख १६ :
आन्दोलनरत शिक्षक र सरकारबीच आज दिउँसो पनि वार्ता हुने बताईएको छ । दुवै पक्षबीच हिजो भएको वार्तापछि दुवै पक्ष सहमतिको नजिक पुगेको बुझिएको छ ।
सोमबार मध्यरातसम्म भएको वार्ता सकारात्मक भएपनि केही बुँदामा अझै सहमति नभएको शिक्षकहरुले बताएका छन् । आजै सत्तागठबन्धन दल कांग्रेस र एमालेका शीर्ष नेतासंगपनि छलफल हुने महासंघले जनाएको छ ।
आन्दोलन र वार्तालाई संगसंगै अघि बढाउने महासंघको भनाई छ ।
अहिले शिक्षक महासंघको बैठक बसिरहेको छ ।