
काठमाण्डौं, वैशाख १६ :
क्यानाडामा भएको मध्यवति निर्वाचनमा मार्क कार्नीको लिबरल पार्टीले जितेको छ ।
आफ्नो विजय भाषणमा कार्नीले समर्थकहरूलाई सम्बोधन गर्दै अमेरिकी राष्ट्रपति ट्रम्पले हामीलाई तोड्न कोशिस गरिरहेका छन् ताकि अमेरिकाले हाम्रो स्वामित्व लिन सकोस् तर यो कहिल्यै सफल नहुने बताएका छन् । संसदमा बहुमत प्राप्त गर्ने वा नगर्ने भन्ने निर्णय भने भएको छैन ।
पराजित कन्जरभेटिभ पार्टीका नेता पियरे पोइलिभ्रेले केही समयअघि सम्म प्रधानमन्त्री बन्ने अपेक्षा गरेका थिए। तीन महिनाअघि भएको चुनावमा लिबरल पार्टी निकै पछि परेको थियो ।
लिबरल पार्टीले चुनावमा विजय हासिल गरेको खुशीयाली मनाइरहेका छन् ।