काठमाडौं, वैशाख १७ :

सर्वोच्च अदालतले रेशम चौधरीलाई छाड्न पत्र पठाएको छ । सर्वोच्चका प्रवक्ता अच्युत कुइँकेलले बुधबार पत्र पठाएर चौधरीलाई थुनामुक्त गर्न भनेका छन् ।

शाखा अधिकृत महिमानसिंह विष्टले पठाएको अघिल्लो पत्र कार्यान्वयन नगर्न भन्दै  प्रवक्ता कुइँकेलले कारागार प्रशासन र प्रहरीलाई रिहाइका लागि पत्र पठाइएका छन् ।

चौधरीलाई पक्राउ गर्न जारी भएको भनिएको पहिलो पत्र आधिकारिक नभएको सर्वोच्चले बताएको छ । सर्वोच्चको आदेश भन्दै चौधरीलाई आज कमलादीस्थित प्रज्ञा भवनबाट प्रहरीले  पक्राउ गरेर डिल्लीबजार कारागार पुर्याएको छ । चौधरी कमलादीमा आयोजना गरिएको पार्टी एकता समारोह सहभागी हुन जाँदै थिए ।