
प्रतीकात्मक तस्बिर ।
काठमाडौं, वैशाख १७ :
काठमाडौं महानगरपालिका ८, गुहेश्वरी पञ्चकुमारी मार्गनजिक सडक पेटीमा महिला मृत फेला परेकी छन् ।
नाम, थर, वतन नखुलेकी अन्दाजी ४५ वर्षीया महिला आज (बुधबार) मृत अवस्थामा फेला परेकी केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दिनेशकुमार आचार्यले जानकारी दिए ।
उनले भने, ‘गुहेश्वरी पञ्चकुमारी मार्गनजिक एक महिला मृत अवस्थामा फेला पर्नुभएको छ। यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।’ -रासस