
काठमाण्डौं, वैशाख १८ :
प्रथम लायन्स कप आमन्त्रित पुरुष भलिबल प्रतियोगिताको उद्घाटन खेलमा इरानको भलिबल टोलीले विजयी सुरुवात गरेको छ।
पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा भएको खेलमा इरानको टिमले सशस्त्र प्रहरी बललाई ३-१ को सेटले हराएको हो ।
प्रतियोगितामा ६ टोलीको सहभागी छ। समूह ‘ए’मा इरानी टोली,एपीएफ र गण्डकी प्रदेश छन् । समूह ‘बी’मा भारतीय टोली,त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब रहेका छन् ।
दुवै समूहबाट शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछ।
प्रतियोगिताको विजेताले ४ लाख ४४ हजार ४ सय ४४ र दोस्रो हुने टोलीले २ लाख ४४ हजार ४ सय ४४ रुपैयाँ प्राप्त गर्नेछ।