ललितपुर, वैशाख १८ :

वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको रथ पुल्चोकबाट तानेर गाबहाल पुर्याईएको छ  ।

गत सोमबार १५ गते विधिवत् रूपमा रथारोहण गरेर यस वर्षको रातो मछिन्द्रनाथको जात्रा सुरु गरिएको हो।
नेपालकै सबैभन्दा  लामो जात्राको रूपमा रहेको मच्छिन्द्रनाथको रथ पुल्चोबाट गाबहाल,मङ्गलबजार,सुन्धारा,लगनखेल,थति हुँदै जावलाखेलसम्म पुर्याई भोटो देखाएपछि सम्पन्न हुनेछ ।

मछिन्द्रनाथको मूर्तिलाई ललितपुरको तःबहालबाट खटमा राखेर पुल्चोकमा बनाइएको रथमा पुर्‍याएर बिराजमान मछिन्द्रनाथको रथ आज राति तानी जात्रा सुरु गरिएको छ ।

हरेक वर्ष वैशाख शुक्ल प्रतिपदादेखि असार शुक्ल चौथीसम्म चल्ने यो जात्रा देशकै लामो रथ जात्रा हो । वैशाख शुक्ल प्रतिपदाको दिन रथ तानेर सुरु हुने जात्रा असार चौथीमा राष्ट्रपतिबाट भोटो देखाएर विधिवत रुपमा समापन हुने गर्छ ।