बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#कर्मचारीलाई कारबाही सिफारिस#कवीन्द्र बुर्लाकोटी#संसदीय विशेष समिति#भोटेकोशी बाढी#अखिल नेपाल फुटबल संघ#चार महिनापछि ताला खोलियो#सामाजिक सञ्जाल#स्वीप अपरेसन#कर्णाली याक्सको जित#कर्णाली याक्स#जनकपुर बोल्ट्स#अध्यागमन विभाग#पदयात्रा अनुमति बन्द#मुस्ताङको स्याउ#बिक्री हुन सकेन#कोशी प्रदेश सरकार #कर्मचारीलाई कारबाही सिफारिस#कवीन्द्र बुर्लाकोटी#संसदीय विशेष समिति#भोटेकोशी बाढी#अखिल नेपाल फुटबल संघ#चार महिनापछि ताला खोलियो#सामाजिक सञ्जाल#स्वीप अपरेसन#कर्णाली याक्सको जित#कर्णाली याक्स#जनकपुर बोल्ट्स#अध्यागमन विभाग#पदयात्रा अनुमति बन्द#मुस्ताङको स्याउ#बिक्री हुन सकेन#कोशी प्रदेश सरकार
राजनीति

सरकारको नीति तथा कार्यक्रम, संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपतिले प्रस्तुत गर्ने

बैठकमा सबै सांसद, उपराष्ट्रपति, प्रधानन्यायाधीश, संवैधानिक निकायका पदाधिकारी, सरकारका उच्चपदस्थ अधिकारी, कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधि, निजी क्षेत्रका प्रतिनिधिहरूलाई आमन्त्रण
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, १९ वैशाख, २०८२ मा प्रकाशित
सरकारको नीति तथा कार्यक्रम, संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपतिले प्रस्तुत गर्ने
काठमाडौं, वैशाख १९ :

सरकारले ल्याएको आर्थिक वर्ष ०८२/८३ को नीति तथा कार्यक्रम आज (शुक्रबार) संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत हुने भएको छ ।

नयाँ बानेश्वरस्थित संसद् भवनमा दिउँसो ३ बजे बस्ने प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् ।

बैठकमा सहभागी हुन सबै सांसद, उपराष्ट्रपति, प्रधानन्यायाधीश, संवैधानिक निकायका पदाधिकारी, सरकारका उच्चपदस्थ अधिकारी, कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधि, निजी क्षेत्रका प्रतिनिधिहरूलाई आमन्त्रण गरिएको छ ।

संयुक्त बैठकपछि दुवै सदनमा छुट्टाछुट्टै बैठक बस्नेछ । ती बैठकमा राष्ट्रपतिको सम्बोधनका लागि धन्यवाद ज्ञापन गरिनेछ । सम्बोधनको प्रतिलिपि संसद्‌मा टेबुल गरिनेछ ।

त्यस्तै, ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्रीमा खमबहादुर गर्बुजा नियुक्त गरिएको राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्र पनि बैठकमा वाचन गरिने सम्भावित कार्यसूचीमा छ ।
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार