बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
समाचार विदेश

घटना छानबिन गर्न कूटनीतिक पहल थालिसक्यौं : परराष्ट्रमन्त्री राणा

ओडिसा सरकार भन्छ- नेपाली छात्रा मृत भेटिएकोबारे अनुसन्धान गरिरहेका छौं
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, १९ वैशाख, २०८२ मा प्रकाशित
घटना छानबिन गर्न कूटनीतिक पहल थालिसक्यौं : परराष्ट्रमन्त्री राणा
काठमाडौं, वैशाख १९ :

भाारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी-किट) कलेजको छात्रावासमा नेपाली छात्रा प्रिशा साह मृत भेटिएको घटनाबारे नेपाल सरकारले सत्यतथ्य छानबिनका लागि कूटनीतिक पहल थालेको छ ।

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले घटनाप्रति दु:ख व्यक्त गर्दै परराष्ट्र मन्त्रालयले घटनालगत्तै (बिहीबार बेलुकै) भारत सरकार, ओडिसा सरकारका उच्च अधिकारी र दिल्लीस्थित नेपाली दूतावासमार्फत घटनाको सत्यतथ्य छानबिन गर्न कूटनीतिक पहल थालेको जनाएकी छन् ।

राणाले सामाजिक सञ्जालमा वक्तव्य जारी गर्दै भनेकी छन्, ‘भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत नेपाली छात्रा प्रिशा साह आफ्नै होस्टेल कोठामा मृत भेटिएको घटनाले निकै मर्माहत बनाएको छ । प्रिसाको आत्माको चीर शान्तिको कामना गर्दै यस दु:खद घडीमा उनको परिवाजनमा गहिरो समवेदना व्यक्त गर्दछु । परराष्ट्र मन्त्रालयले घटनालगत्तै हिजो नै भारत सरकार, ओडिसा सरकारका उच्च अधिकारीहरू र दिल्लीस्थित नेपाली दूतावासमार्फत घटनाको सत्यतथ्य छानबिन गर्न कूटनीतिक पहल थालेको छ।’

केआईआईटी विश्वविद्यालयमा फेरि अर्की नेपाली छात्राको झुन्डिएको अवस्थामा शव फेला

मृत भेटिएकी छात्रा प्रिशाको घर पर्साको वीरगन्ज हो।

किट कलेजमा नेपाली छात्रा मृत भेटिएको यो दोस्रोपट हो । यसअघि गत फागुनमा मात्र त्यही कलेजमा नेपाली विद्यार्थी रुपन्देहीकी २० वर्षीया प्रकृति लम्साल पनि छात्रावासमा मृत फेला परेकी थिइन् ।

घटनाबारे राज्य सरकारको अनुसन्धान
घटनाबारे त्यहाँको राज्य सरकारले अनुसन्धान थालिसकेको छ । ओडिसा सरकारको आई एन्ड पीआर विभागका अनुसार घटनाको जानकारी पाउनासाथ प्रहरी आयुक्त र राजस्व डिभिजनल कमिस्नरलगायतका वरिष्ठ अधिकारीहरू घटनास्थलमा पुगेका छन् । प्रमाण संकलनका लागि फोरेन्सिक टोली पनि घटनास्थलमा पुगेको छ ।

ओडिसा सरकारको आई एन्ड पीआर विभागले विज्ञप्तिमार्फत दिएको जानकारीअनुसार केआईआईटी विश्वविद्यालयको कम्प्युटर विज्ञानमा बीटेक प्रथम वर्षमा अध्ययनरत नेपालली छात्रा साह होस्टेलको आफ्नै कोठामा मृत भेटिएको खबर स्थानीय प्रहरीले बिहीबार राति ८.१० बजे दिएको थियो ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार