
नवलपरासी, वैशाख १९ :
नवलपरासी पश्चिमस्थित सुनवल नगरपालिका –६ सगरमाथा टोलमा रहेको पोखरीमा दुई जना मृत फेला परेका छन् ।
आज बिहान १० बजे घरबाट खाना खाएर हिडेका उनीहरु साझँ करिब ५ बजे पोखरीमा मृत फेला परेका हुन् । मृत फेला परेका दुईजना दाजुभाई भएको बताईएको छ ।
मृत्यु हुनेमा सुनवल –६ पुलटोल निवासी विष्णु कवंरका १० बर्षिय छोरा विप्सन कवंर र ८ वर्षिय छोरा दिप्सन कवंर रहेको ईलाका प्रहरी कार्यालय सुनवलका प्रमुख सन्तोष पौडेलले बताउनुभयो । साँझ ५ बजे पोखरीमा एक मृत बालक तैरिहरेको स्थानीयले देखेपछि तत्काल प्रहरीलाई खबर गरेका थिए ।
तत्पश्चात प्रहरी र स्थानीयले पोखरीभित्रै पसेर खोजी गर्दा पोखरी भित्र गडेको अवस्थामा अर्को मृत बालक फेला परेको थियो ।