
काठमाण्डौं, वैशाख २० :
सत्तारुढ दल नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दैछ ।
बैठक आज दिउँसो एक बजे सङ्घीय संसद् भवन नयाँ वानेश्वरको ल्होत्से हलमा बस्ने गरी बोलाईएको छ ।
बैठकमा सरकारको नीति तथा कार्यक्रम र आगामी बजेटबारे छलफल हुने सो पार्टीले जनाएको छ ।