
काठमाण्डौं, वैशाख २१ :
कक्षा १२ को परीक्षा आजबाट सुरु भएको छ ।
आगामी जेठ २ गतेसम्म सञ्चालन हुने उक्त परीक्षामा पाँच हजार २०२ विद्यालयका नियमिततर्फ एक लाख ९८ हजार ८७५ छात्र र एक लाख ९७ हजार १३ छात्रा गरी तीन लाख ९५ हजार ९०८ परीक्षार्थी तथा आंशिकतर्फ एक लाख १५ हजार ६१७ जना गरी कुल पाँच लाख ११ हजार ५२५ परीक्षार्थी सहभागी छन् ।
तिनै विद्यार्थी मध्ये ७३ वर्षीया सूर्यवती खनाल पनि आजबाट सुरु भएको परीक्षामा सहभागी विद्यार्थी हुनुहुन्छ ।
उहाँले काठमाडौँ तारकेश्वर नगरपालिका–१०,मनमैजुस्थित एन्जल्स हार्ट सेकेण्डरी स्कुल परीक्षा केन्द्रमा आइतबार कक्षा १२ को परीक्षा दिँनुभएको छ । उहाँ तारकेश्वर–११ स्थित ग्रामीण आदर्श बहुमुखी क्याम्पस कक्षा १२ को विद्यार्थी हुनुहुन्छ ।