
कञ्चनपुर, वैशाख २१ :
कञ्चनपुरमा चट्याङ लागेर गर्भवतीको मृत्यु भएको छ । शुक्लाफाँटा नगरपालिका १२, तिल्कीमा चट्याङ लागेर स्थानीय २४ वर्षीय लालमती रानाको मृत्यु भएको हो ।
उनका २५ वर्षीय पति रतनसिंह राना चट्याङ लागेर सख्त घाइते भएका छन् ।
दोदा नदीको बगरमा लगाइएको तरबुजा टिप्न गएका बेला उनीहरुलाई चट्याङ लागेको प्रहरीले जनाएको छ ।