बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’#केपी शर्मा ओली#सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल #इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’#केपी शर्मा ओली#सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल
राजनीति

वर्षमान पुनले भने- प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डबीचको छलफल सकारात्मक

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, २१ वैशाख, २०८२ मा प्रकाशित
वर्षमान पुनले भने-  प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डबीचको छलफल सकारात्मक
काठमाडाैं, वैशाख २१ :

संक्रमणकालीन न्याय प्रक्रिया टुंग्याउन प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आइतबार साँझ छलफल भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भएको छलफलमा सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगका पदाधिकारी छनोटसम्बन्धी सिफारिस (सर्टलिस्ट) लगायतका विषयमा कुराकानी भएको छ।

प्रधानमन्त्रीका संक्रमणकालीन न्यायसम्बन्धी सल्लाहकार अग्नि खरेलका अनुसार छलफलमा अहिलेसम्मका प्रगति र बाँकी रहेका कामलाई अघि बढाउने विषयमा विचारविमर्श गरिएको छ ।

छलफलमा सहभागी भएका माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले प्रक्रिया सकारात्मक दिशामा अघि बढेको प्रतिक्रिया दिए । उनले भने, ‘खासगरी यो प्रक्रिया कहाँसम्म पुगेको हो भन्नेबारे प्रमुख प्रतिपक्षी दलका नेताहरूलाई जानकारी दिनुभएको रहेछ । हामीले प्रक्रियालाई सकारात्मक रूपमा अघि बढिरहेको पाएका छौं ।’ 

वर्षौंदेखि अधुरो रहेको संक्रमणकालीन न्याय प्रक्रिया टुंग्याउने उद्देश्यले सरकार सक्रिय देखिएको छ । आयोगका पदाधिकारी चयनको प्रक्रिया अघि बढेसँगै अब दलहरूबीच सहमति र समन्वय आवश्यक हुने देखिएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार