
नवलपरासी, वैशाख २२ :
वर्षाका कारण अवरुद्ध भएको पूर्वपश्चिम राजमार्गको नारायणगढ-बुटवल सडक खण्ड संचालनमा आएको छ ।
वर्षाले दाउन्नेमा बाटो हिलो र चिप्लो हुँदा सवारी साधनहरू आवतजावत गर्न कठिनाइ भएपछि हिजो विहानैदेखि सो सडक खण्ड पूर्णरूपमा अवरुद्ध भएको थियो । सडकमा जम्मा भएको हिलो र गेग्रान हटाई हिजो दिउँसोबाट सडक सुचारु गरिए पनि यात्रा जोखिमपुर्ण रहेको छ ।
सडक निर्माणको काम सुस्त गतिमा भईरहेको छ । सडक निर्माणको काम समयमा नै हुन नसक्दा घाम लाग्दा धुलो र सामान्य वर्षामा पनि सडक हिलाम्य हुँदा यात्रु र स्थानीयले सास्ती भोग्दै आएका छन् ।
वर्षाले दाउन्नेमा बाटो हिलो र चिप्लो हुँदा सवारी साधनहरूलाई आवतजावतमा कठिनाइ भएको छ । पूर्वपश्चिम राजमार्ग भएर यात्रा गर्ने यात्रुहरुले घन्टौ जाममा बस्नुपर्ने बाध्यता छ ।