ललितपुर, वैशाख २२ :

ललितपुरको सातदोबाटो–हात्तीवन सडकमा कार दुर्घटना ३ जना घाईते भएका छन् । 

कारको ठक्करबाट बिजुलीको पोल भाँचिएर बीच सडकमा पुगेपछि सवारी आवागमन बन्द गरिएको छ ।पोलमा ठोक्किएको कारमा सवार तीन जना घाइतेको  बीएण्डबी अस्पतालमा उपचार भईरहेको छ ।

हाई भोल्टको हाइटेन्सन तार टाँगिएको बिजुलीको पोल नै सडकको बीच भागमा रहेकाले सवारी आवागमन बन्द गरिएको हो ।

कारको ठक्करबाट बिजुलीको पोल भाँचिएरबीच सडकमा पुगेको छ ।