दैलेख, वैशाख २२ :

दैलेखको आठबिस नगरपालिका–४ राकममा आइतबार घाँस काट्ने क्रममा करेन्ट लागेर २९ वर्षीय नगेन्द्रबहादुर माझीको मृत्यु भएपछि आक्रोशित स्थानीयले कर्णाली राजमार्ग र विद्युत् सेवा अवरुद्ध गरेका छन् ।

विद्युत् प्राधिकरणको लापरबाहीले ज्यान गएको भन्दै स्थानीयले आइतबार साँझदेखि बत्ती काटेका छन् भने आज बिहानदेखि सडकमा टायर बालेर प्रदर्शन गरिरहेका छन्। घटनापछि कालिकोट, जुम्ला, मुगुमा विद्युत् सेवा ठप्प भएको छ। सरकारी कार्यालय, एफएम रेडियो र कृषिसम्बन्धी कामसमेत प्रभावित भएका छन् ।

पीडित परिवारलाई क्षतिपूर्ति दिन माग गर्दै स्थानीयको आन्दोलन जारी छ। विद्युत् कार्यालयका प्राविधिक जयप्रसाद पाण्डेका अनुसार संवाद चलिरहेको भए पनि क्षतिपूर्तिमा सहमति नजुट्दा समस्या समाधान हुन सकेको छैन ।