बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#हिमाली क्षेत्रमा जलवायु परिवर्तन#अर्णव चक्रवात#आन्ध्र प्रदेश#जनधनको क्षति#कर्मचारीलाई कारबाही सिफारिस#कवीन्द्र बुर्लाकोटी#संसदीय विशेष समिति#भोटेकोशी बाढी#अखिल नेपाल फुटबल संघ#चार महिनापछि ताला खोलियो#सामाजिक सञ्जाल#स्वीप अपरेसन#कर्णाली याक्सको जित#कर्णाली याक्स#जनकपुर बोल्ट्स#अध्यागमन विभाग#पदयात्रा अनुमति बन्द #हिमाली क्षेत्रमा जलवायु परिवर्तन#अर्णव चक्रवात#आन्ध्र प्रदेश#जनधनको क्षति#कर्मचारीलाई कारबाही सिफारिस#कवीन्द्र बुर्लाकोटी#संसदीय विशेष समिति#भोटेकोशी बाढी#अखिल नेपाल फुटबल संघ#चार महिनापछि ताला खोलियो#सामाजिक सञ्जाल#स्वीप अपरेसन#कर्णाली याक्सको जित#कर्णाली याक्स#जनकपुर बोल्ट्स#अध्यागमन विभाग#पदयात्रा अनुमति बन्द
समाचार प्रदेश कर्णाली प्रदेश

स्थानीय बासिन्दाले गरे कर्णाली राजमार्ग र विद्युत् सेवा अवरुद्ध

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, २२ वैशाख, २०८२ मा प्रकाशित
स्थानीय बासिन्दाले गरे कर्णाली राजमार्ग र विद्युत् सेवा अवरुद्ध
दैलेख, वैशाख २२ :

दैलेखको आठबिस नगरपालिका–४ राकममा आइतबार घाँस काट्ने क्रममा करेन्ट लागेर २९ वर्षीय नगेन्द्रबहादुर माझीको मृत्यु भएपछि आक्रोशित स्थानीयले कर्णाली राजमार्ग र विद्युत् सेवा अवरुद्ध गरेका छन् ।

विद्युत् प्राधिकरणको लापरबाहीले ज्यान गएको भन्दै स्थानीयले आइतबार साँझदेखि बत्ती काटेका छन् भने आज बिहानदेखि सडकमा टायर बालेर प्रदर्शन गरिरहेका छन्। घटनापछि कालिकोट, जुम्ला, मुगुमा विद्युत् सेवा ठप्प भएको छ। सरकारी कार्यालय, एफएम रेडियो र कृषिसम्बन्धी कामसमेत प्रभावित भएका छन् ।

पीडित परिवारलाई क्षतिपूर्ति दिन माग गर्दै स्थानीयको आन्दोलन जारी छ। विद्युत् कार्यालयका प्राविधिक जयप्रसाद पाण्डेका अनुसार संवाद चलिरहेको भए पनि क्षतिपूर्तिमा सहमति नजुट्दा समस्या समाधान हुन सकेको छैन ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार