
काठमाण्डौं, वैशाख २४ :
प्रतिनिधिसभाको आजको बैठकमा पनि आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि छलफल हुने छ ।
नीति तथा कार्यक्रममा गत सोमबारदेखि छलफल जारी छ ।
प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्ने सङ्घीय संसद् सचिवालयले जनाएको छ । आज अन्तरराष्ट्रिय सम्बन्ध र पर्यटन,विधायन व्यवस्थापन,सार्वजनिक नीति तथा प्रत्यायोजन विधायन र सङ्घीयता सबलीकरण समितिका बैठक सदन प्रारम्भ हुनुअघि हुँदैछन् ।
राष्ट्रियसभाको बैठकमा पनि नीति तथा कार्यक्रममाथिको छलफल जारी छ ।
राष्ट्रियसभाको बैठक यही वैशाख २८ गते दिउँसो सबा १ बजे बस्नेछ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ दिनुहुने कार्यक्रम रहेको महासचिव पद्मप्रसाद पाण्डेले बताउनुभयो ।