बागलुङ, वैशाख २४ :

बागलुङ नगरपालिका ४, श्रीटोलमा तीनतला माथिबाट खसेर एक वृद्धाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख तिलक भारतीका अनुसार आज बिहान पौने ५ बजे तेस्रो तलाको झ्यालबाट खसेर ९१ वर्षीया ज्ञानमाया खड्काको घटनास्थलमै मृत्यु भएको हो ।

उनको शव परीक्षणका लागि लागि धौवलागिरि प्रादेशिक अस्पतालमा राखिएको छ ।