काठमाडौं, वैशाख २४ :

मुलुकका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितहरूले बुधबार काठमाडौंमा प्रदर्शन गरेका छन्।

उनीहरूले सुन्धाराबाट मार्चपास सुरु गर्दै जमल, भद्रकाली हुँदै माइतीघर मण्डलासम्म शान्तिपूर्ण र्‍याली निकालेका थिए। माइतीघरमा केही समय भेला भएपछि र्‍याली नयाँ बानेश्वरतर्फ अघि बढेको थियो।

नयाँ बानेश्वरमा केही समय प्रदर्शन गरेपछि उनीहरू पुनः माइतीघर फर्केका थिए। विभिन्न जिल्लाबाट पैदलै हिँडेर केहि दिनअघि काठमाडौं आएका उनीहरूले राजधानी केन्द्रित आन्दोलन जारी राखेका छन्।