
काठमाडौंको नक्सालस्थित नेपाल बालमन्दिरको जग्गा लिजमा अनियमितता भएको भन्दै रिता सिंहसहित १७ जनाविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरिएको छ।
जिल्ला सरकारी वकिलको कार्यालयले बुधबार(आज) अदालतमा मुद्दा दर्ता गर्दै ६० करोड रुपैयाँभन्दा बढी क्षतिपूर्ति मागदाबी गरेको हो।
मुद्दामा मुख्य आरोपितका रूपमा देखिएका रिता सिंह नेपाल बाल संगठनको अध्यक्ष रहेका बेला सो जग्गा लिजमा दिने निर्णय गरिएको थियो। सिंह नेपाली कांग्रेसका उपसभापति तथा उपप्रधानमन्त्री प्रकाशमान सिंहकी दिदी हुन्।
यसअघि प्रहरीले अनुसन्धानपछि फाइल जिल्ला सरकारी वकिलको कार्यालयमा पेश गरेको थियो। तर, सरकारी वकिल कार्यालयले सुरुमा मुद्दा नचलाउने सिफारिस गरे पनि अन्ततः अदालतमा मुद्दा दर्ता गरिएको हो।
मुद्दामा संलग्न १७ जनामाथि भ्रष्टाचार निवारण ऐनअन्तर्गत कारबाहीको मागसहित मुद्दा अघि बढाइएको छ। उनीहरूविरुद्ध राज्यलाई ठूलो आर्थिक क्षति पुर्याएको आरोप लागेको छ।
मुद्दा दर्ता गरिएका १७ जनाको सूची :
१) रिता सिंह
२) तुलसीनारायण श्रेष्ठ
३) गणेशभक्त श्रेष्ठ
४) कृष्णशंकर साह
५) श्यामकुमार आले
६) सुवासकुमार पोखरेल
७) प्रचण्डराज प्रधान
८) रामकाजी गुरुङ
९) योगेन्द्रबहादुर शाही
१०) दीपकदास श्रेष्ठ
११) प्रवीणराज जोशी
१२) मुरारीनिधि तिवारी
१३) पुरुषोत्तमराज जोशी
१४) श्रद्धा संघाई
१५) अभिनव सिंघानिया (भारतीय नागरिक)
१६) सिद्धार्थ केडिया (भारतीय नागरिक)
१७) कीर्तिप्रसाद पाण्डेय (भारतीय नागरिक)
अब अदालतमा यस प्रकरणको प्रारम्भिक सुनुवाइ सुरु हुनेछ । यस विषयले नेपालको सार्वजनिक सम्पत्तिको संरक्षण र राजनीतिक पहुँचको दुरुपयोगबारे गम्भीर प्रश्न उठाएको छ ।