बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’#केपी शर्मा ओली#सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल#किलियान एम्बाप्पे#माओत्सेतुङ#हिमाली क्षेत्रमा जलवायु परिवर्तन#अर्णव चक्रवात#आन्ध्र प्रदेश#जनधनको क्षति #जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’#केपी शर्मा ओली#सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल#किलियान एम्बाप्पे#माओत्सेतुङ#हिमाली क्षेत्रमा जलवायु परिवर्तन#अर्णव चक्रवात#आन्ध्र प्रदेश#जनधनको क्षति
समाचार राजनीति

रिता सिंहसहित १७ जनाविरुद्ध मुद्दा दायर, ६० करोड बढी मागदाबी (सूचीसहित)

सरकारी वकिल कार्यालयले सुरुमा मुद्दा नचलाउने सिफारिस गरे पनि अन्ततः अदालतमा मुद्दा दर्ता गरिएको हो।
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, २४ वैशाख, २०८२ मा प्रकाशित
रिता सिंहसहित १७ जनाविरुद्ध मुद्दा दायर, ६० करोड बढी मागदाबी (सूचीसहित)
काठमाडौं, वैशाख २४ :

काठमाडौंको नक्सालस्थित नेपाल बालमन्दिरको जग्गा लिजमा अनियमितता भएको भन्दै रिता सिंहसहित १७ जनाविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरिएको छ।

जिल्ला सरकारी वकिलको कार्यालयले बुधबार(आज) अदालतमा मुद्दा दर्ता गर्दै ६० करोड रुपैयाँभन्दा बढी क्षतिपूर्ति मागदाबी गरेको हो।

मुद्दामा मुख्य आरोपितका रूपमा देखिएका रिता सिंह नेपाल बाल संगठनको अध्यक्ष रहेका बेला सो जग्गा लिजमा दिने निर्णय गरिएको थियो। सिंह नेपाली कांग्रेसका उपसभापति तथा उपप्रधानमन्त्री प्रकाशमान सिंहकी दिदी हुन्।

यसअघि प्रहरीले अनुसन्धानपछि फाइल जिल्ला सरकारी वकिलको कार्यालयमा पेश गरेको थियो। तर, सरकारी वकिल कार्यालयले सुरुमा मुद्दा नचलाउने सिफारिस गरे पनि अन्ततः अदालतमा मुद्दा दर्ता गरिएको हो।

मुद्दामा संलग्न १७ जनामाथि भ्रष्टाचार निवारण ऐनअन्तर्गत कारबाहीको मागसहित मुद्दा अघि बढाइएको छ। उनीहरूविरुद्ध राज्यलाई ठूलो आर्थिक क्षति पुर्‍याएको आरोप लागेको छ।

मुद्दा दर्ता गरिएका १७ जनाको सूची :

१) रिता सिंह
२) तुलसीनारायण श्रेष्ठ
३) गणेशभक्त श्रेष्ठ
४) कृष्णशंकर साह
५) श्यामकुमार आले
६) सुवासकुमार पोखरेल
७) प्रचण्डराज प्रधान
८) रामकाजी गुरुङ
९) योगेन्द्रबहादुर शाही
१०) दीपकदास श्रेष्ठ
११) प्रवीणराज जोशी
१२) मुरारीनिधि तिवारी
१३) पुरुषोत्तमराज जोशी
१४) श्रद्धा संघाई
१५) अभिनव सिंघानिया (भारतीय नागरिक)
१६) सिद्धार्थ केडिया (भारतीय नागरिक)
१७) कीर्तिप्रसाद पाण्डेय (भारतीय नागरिक)

अब अदालतमा यस प्रकरणको प्रारम्भिक सुनुवाइ सुरु हुनेछ । यस विषयले नेपालको सार्वजनिक सम्पत्तिको संरक्षण र राजनीतिक पहुँचको दुरुपयोगबारे गम्भीर प्रश्न उठाएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार