काठमाडौं, वैशाख २५ :
प्रतिनिधिसभाको बैठक बसिरहेको छ । संसद् भवन नयाँ बानेश्वरमा जारी बैठकमा आर्थिक वर्ष ०८२/८३ को सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल भइरहेको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १९ गते संघीय संसदको दुवै सदनमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।
बैठकमा सांसदहरूले सरकारको नीति तथा कार्यक्रमबारे आफ्नो धारणा र सुझाव राखिरहेका हुन् ।
हेर्नुहोस् लाइभ :