शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#सभापति रवि लामिछाने#सर्वोच्च अदालतमा दर्ता#दानबहादुर कार्की#गोकर्णबाट पक्राउ#सुजन तामाङ#एसएसपी दिलीप घिमिरे#जेन्जी नागरिक अभियान#आनी छोइङ डोल्मा#यमपञ्चक#भाइटीका#सुनचाँदी#मूल्यमा उतारचढाव#राष्ट्रपतिसँग सभामुखको भेटवार्ता#कालीगण्डकी करिडोर सडक#सुक्खा पहिरो खस्दा सडक अवरुद्ध#कुकुरसहित प्रहरीको चेकिङ#मादल#पेसा ‘सङ्कटमा’ #सभापति रवि लामिछाने#सर्वोच्च अदालतमा दर्ता#दानबहादुर कार्की#गोकर्णबाट पक्राउ#सुजन तामाङ#एसएसपी दिलीप घिमिरे#जेन्जी नागरिक अभियान#आनी छोइङ डोल्मा#यमपञ्चक#भाइटीका#सुनचाँदी#मूल्यमा उतारचढाव#राष्ट्रपतिसँग सभामुखको भेटवार्ता#कालीगण्डकी करिडोर सडक#सुक्खा पहिरो खस्दा सडक अवरुद्ध#कुकुरसहित प्रहरीको चेकिङ#मादल#पेसा ‘सङ्कटमा’
कर्पोरेट

कपिलवस्तुमा एसियन थाईको दोस्रो उत्पादन युनिट सञ्चालन

एसियन थाई फुड्सले लुम्बिनी प्रदेशमा नयाँ चाउचाउ उत्पादन युनिटको शुभारम्भ गर्‍यो कपिलवस्तुमा एसियन थाई फुड्सको दोस्रो युनिट सञ्चालनमा, ‘प्रीति’, ‘टुपीएम’ सहित नयाँ ब्रान्डको उत्पादन सुरु
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, २५ वैशाख, २०८२ मा प्रकाशित
कपिलवस्तुमा एसियन थाईको दोस्रो उत्पादन युनिट सञ्चालन
काठमाडौं, वैशाख २५ :

नेपालका प्रमुख चाउचाउ उत्पादक कम्पनीमध्ये एक एसियन थाई फुड्स प्रा.लि.ले आफ्नो दोस्रो उत्पादन युनिट लुम्बिनी प्रदेशको कपिलवस्तु नगरपालिका ६ गोबरी, रामनगरमा सञ्चालनमा ल्याएको छ ।

बुधबार एक विशेष समारोहबीच जाजू ग्रुपका अध्यक्ष तथा एसियन थाई फुड्सका प्रबन्ध निर्देशक महेश जाजूले वैदिक विधिअनुसार पूजा गर्दै नयाँ युनिटको औपचारिक शुभारम्भ गरे ।

उद्योगको पहिलो युनिट मोरङको विराटनगरमा दुई दशकअघि स्थापना गरिएको थियो । सोही अनुभवका आधारमा कम्पनीले कपिलवस्तुमा आफ्नो दोस्रो उत्पादन केन्द्र स्थापना गरेको हो ।

नयाँ रोजगारी र औद्योगिक विकासको योगदान : एसियन थाई फुड्स्

यस नयाँ युनिटबाट पनि कम्पनीका लोकप्रिय ब्रान्डहरू- ‘प्रीति’, ‘टुपीएम’, ‘रमपम’ सहित केही नयाँ चाउचाउ ब्रान्डहरूको उत्पादन सुरु गरिने जानकारी दिइएको छ । कम्पनीले यी उत्पादनहरू भारतलगायत तेस्रो मुलुकहरूमा निर्यात गर्दै आएको छ ।

करिब अढाइ बिघामा फैलिएको उक्त उद्योगमा सुरुवाती चरणमा चाउचाउ उत्पादन गरिने एसियन थाई फुड्सले जनाएको छ । कम्पनीका अनुसार क्रमशः अन्य स्न्याक्स उत्पादन लाइनसमेत थपिने योजना छ । यस युनिटले लुम्बिनी प्रदेशमा रोजगारी तथा औद्योगिक विकासमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार