
काठमाडौं, वैशाख २५ :
नेकपा एकीकृत समाजवादीका सांसद प्रकाश ज्वालाले सार्वजनिक पदको ओहदामा बसेका सबैको सम्पत्ति छानबिन गर्न माग गरेका छन् ।
प्रतिनिधिसभाको बिहीबारको बैठकमा उनले शक्तिशाली आयोग गठन गरेर २०४७ पछि सत्ताका विभिन्न ओहदामा पुगेका पूर्वराष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीलगायत सबैको सम्पत्ति छानबिन गर्न माग गरेका हुन्।
सम्पति छानबिन गर्न शक्तिशाली आयोग गठन गर्नुपर्ने पनि उनको माग छ । उनले स्रोत खुलाउन नसक्ने भ्रष्टाचारीहरूलाई कारबाही गर्ने आँट गरौँ भनी सुझाव पनि दिए ।
उनले स्थानीय तहका जनप्रतिनिधिहरूको संख्या आधा घटाउन पनि प्रस्ताव गरे । ज्वालाले राजनीतिक स्थिरता दिने गरी शासकीय प्रणालीमा पुनर्विचार गर्न पनि जोड दिए ।
सरकारले ल्याएको नीति कार्यक्रमले अहिलेका चुनौतीलाई सामना गर्न नसक्ने उनको दाबी थियो ।