मंगलबार, १० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#सभापति गगन थापा#चितवन राइनोज#विराटनगर#प्रधानमन्त्री राहत कोष#खेलकुदमन्त्री सस्मित पोखरेल#एसपी रूपेश खड्का#धनुषाका सभापति लक्ष्मेश्वर यादव#प्रदीप पौडेल#कांग्रेस महामन्त्री#स्वीप अपरेसन#कागेश्वरी मनोहरा नगर अस्पताल#सार्वजनिक सुनुवाइ#लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम #सभापति गगन थापा#चितवन राइनोज#विराटनगर#प्रधानमन्त्री राहत कोष#खेलकुदमन्त्री सस्मित पोखरेल#एसपी रूपेश खड्का#धनुषाका सभापति लक्ष्मेश्वर यादव#प्रदीप पौडेल#कांग्रेस महामन्त्री#स्वीप अपरेसन#कागेश्वरी मनोहरा नगर अस्पताल#सार्वजनिक सुनुवाइ#लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम
राजनीति भिडियो

संसद्‍मा प्रकाश ज्वालाको माग- २०४७ सालपछि सत्तामा पुगेका सबैको सम्पत्ति छानबिन गरौं

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, २५ वैशाख, २०८२ मा प्रकाशित
संसद्‍मा प्रकाश ज्वालाको माग- २०४७ सालपछि सत्तामा पुगेका सबैको सम्पत्ति छानबिन गरौं
काठमाडौं, वैशाख २५ :

नेकपा एकीकृत समाजवादीका सांसद प्रकाश ज्वालाले सार्वजनिक पदको ओहदामा बसेका  सबैको सम्पत्ति छानबिन गर्न माग गरेका छन् । 

प्रतिनिधिसभाको बिहीबारको बैठकमा उनले शक्तिशाली आयोग गठन गरेर २०४७ पछि सत्ताका विभिन्न ओहदामा पुगेका पूर्वराष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीलगायत सबैको सम्पत्ति छानबिन गर्न माग गरेका हुन्।

सम्पति छानबिन गर्न शक्तिशाली आयोग गठन गर्नुपर्ने पनि उनको माग छ । उनले स्रोत खुलाउन नसक्ने भ्रष्टाचारीहरूलाई कारबाही गर्ने आँट गरौँ भनी सुझाव पनि दिए ।

उनले स्थानीय तहका जनप्रतिनिधिहरूको संख्या आधा घटाउन पनि प्रस्ताव गरे । ज्वालाले राजनीतिक स्थिरता दिने गरी शासकीय प्रणालीमा पुनर्विचार गर्न पनि जोड  दिए ।

सरकारले ल्याएको नीति कार्यक्रमले अहिलेका चुनौतीलाई सामना गर्न नसक्ने उनको दाबी थियो ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार