पाल्पा, वैशाख २६ :

पाल्पामा टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

मृत्यु हुनेमा रुपन्देहीको सियारी गाउँपालिका  २ का २६ वर्षीय प्रभाकर यादव रहेको प्रहरीले जनाएको छ ।  सिद्धार्थ राजमार्गको तानसेन बुटवल सडक खण्डको तिनाउ गाउँपालिका ३ सिद्धबाबा ड्याम साइड नजिकै  बुटवलबाट पाल्पातर्फ आउँदै गरेको  खाली टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

खाली टिपरको अचानक अनियन्त्रीत भई सडकबाट तिनाउ खोला किनारमा खस्दा  गम्भीर घाइते भएका चालकलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाएकोमा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान जारी छ ।