काठमाण्डौं, वैशाख २६ :

सुर्खेतको वीरेन्द्रनगर ३ ऐरीचोक स्थित ओली स्टोर्स एण्ड सप्लायर्सको गोदाममा आगलागी भएको छ ।

गएराती १ बजे गोदाममा लागेको लागो सशस्त्र प्रहरी बल बाँङ्गेसीमल,नेपाल प्रहरी र वीरेन्द्रनगर नगरपालिकाको अग्नी दस्ताको संयुक्त प्रयासबाट करिब साढे तीन घण्टापछि आगो नियन्त्रणमा आएको प्रत्यक्षदर्शीले बताएका छन् ।

आगलागीबाट खाने तेल,विस्कुट,चाउचाउ,पेय पदार्थ लगायतका वस्तु जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

गोदाममा विद्युत सर्ट भएर आगलागी भएको प्रहरीको प्रारम्भिक अनुमान छ । आगलागीबाट क्षतिको विवरण संकलनका काम केही समय पछि शुरु गरिने प्रहरीको भनाइ छ ।