काठमाण्डौं, वैशाख २७ :

पाल्पाको निस्दीमा जिप दुर्घटना हुँदा ६ जना घाइते भएका छन ।

नवलपुरको अरुणखोलाबाट निस्दीको मित्यालतर्फ आउदै गरेको  जिप शुक्रबार बेलुका  मित्यालको लामेदमारमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते हुनेमा निस्दी -४,झ्यालतुङका ३९ वर्षकी धनसरी बयम्बु र ३० वर्षकी पुष्पा राई गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । अन्य ४ जना सामान्य घाइते भएका छन । घाइतेहरुको उपचार भईरहेको छ ।