काठमाडौं, वैशाख २७ :

प्रधानमन्त्री केपी ओलीको उपस्थितिमा विदुषी योगमाया हिमालयन आयुर्वेद विश्वविद्यालयका नवनियुक्त पदाधिकारीहरुको  पद तथा गोपनीयताको शपथ भएको छ ।

प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा आज (शनिबार) आयोजित कार्यक्रममा विश्वविद्यालयका अध्यक्ष डा. अर्जुन कार्की, कुलपति प्रा. डा. रमेशकुमार ढुंगेल र रजिस्ट्रार डा. डम्बरध्वज चेम्जोङले शपथ लिएका हुन् ।

नयाँ कानुनी व्यवस्थानुसार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले अध्यक्ष कार्कीलाई, अध्यक्ष कार्कीले कुलपति ढुंगेललाई र कुलपति ढुंगेलले रजिस्ट्रार चेम्जोङलाई पद तथा गोपनीयताको शपथ दिलाएका हुन् ।

कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का, शिक्षा मन्न्त्रालयका सचिव डा. दीपक काफ्लेलगायतको उपस्थिति थियो ।