काठमाण्डौं, वैशाख २८ :

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनसँग पूर्वशर्त बिना पुन प्रत्यक्ष वार्ता सुरु गर्ने प्रस्ताव गरेका छन् ।

राष्ट्रपति पुटिनले मे १५ मा इस्तानबुलमा वार्ता पुनः सुरु गर्ने प्रस्ताव गरेका छन् । यो प्रस्ताव युक्रेन र उसका सहयोगीहरूले मस्कोलाई ३० दिनको बिना शर्त युद्धविराम गर्न आग्रह गरेपछि आएको हो । अन्यथा थप प्रतिबन्धको सामना गर्नुपर्ने चेतावनी दिएका थिए। पुटिनले मार्च २०२२ मा मस्कोले युक्रेनमा पूर्ण आक्रमण सुरु गरेपछि इस्तानबुलमा भएका असफल शान्ति वार्ताको उल्लेख गर्दै ती वार्तालाई पूर्वशर्त बिना पुनः सुरु गर्ने प्रस्ताव गरेका हुन्। उनले आइतवार बिहानै पत्रकारहरूसँग कुरा गर्दै यो कुरा बताएका हुन् ।

पुटिनको प्रस्ताव चार प्रमुख युरोपेली देशका नेताहरूले युक्रेनमा बिना शर्त ३० दिनको युद्धविरामको प्रस्ताव मस्कोले अस्वीकार गरे थप दबाब दिने चेतावनी दिएपछि आएको हो। उनीहरूले शनिबार किभसँग ऐक्यबद्धता जनाउँदै उक्त प्रस्ताव गरेका थिए। फ्रान्स,बेलायत,जर्मनी र पोल्यान्डका नेताहरूले सोमबारबाट सुरु हुने प्रस्तावित युद्धविरामलाई अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले समर्थन गरेको बताएका छन्।