
काठमाण्डौं, वैशाख २८ :
नारायणघाट-मुग्लिन सडक खण्डको तुईन खोला भन्ने स्थानमा ट्रक पल्टिँदा सडक पूर्ण रुपमा अवरुद्ध भएको छ । आज बिहान करीब ७ बजे कोइला लोड गरेको वीरगन्जबाट काठमाडौँ आउदै गरेको ट्रक पल्टिएको हो ।
ट्रक आफैँ अनियन्त्रित भई पल्टिँदा दुबैतर्फ बाटो अवरुद्ध भएको चितवन प्रहरीले जनाएको छ । दुर्घटनामा मानवीय क्षति भने भएको छैन ।
अवरोध खुलाएर बाटो सुचारु गराउने प्रयास भइरहेको प्रहरीले जानकारी दिएको छ । अवरोध खुलाएर बाटो सुचारु गराउने प्रयास भइरहेको प्रहरीले जानकारी दिएको छ ।