संक्रमणकालीन न्यायसँग सम्बन्धित दुई आयोगमा पदाधिकारी सिफारिस गरिएको छ। सिफारिस समितिले सत्य निरुपण तथा मेलमिलाप आयोगका लागि उच्च अदालतका पूर्वन्यायाधीश महेश थापा र बेपत्ता छानबिन आयोगका लागि पूर्वमुख्यसचिव लिलादेवी गड्तौलाको नाम सिफारिस गरेको स्रोतले जनाएको छ।
सिफारिस समितिका संयोजकसमेत रहेका पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रले सिफारिस समितिले पदाधिकारीको नाम टुंगो लगाएको पुष्टि गरे। ‘समितिले नाम सिफारिस गरेको छ, ती नामहरू अहिले गोप्य राखिएका छन्,’ उनले भने, ‘अब बाँकी निर्णय सरकारले गर्नेछ।’
यसअघि द्वन्द्वपीडितहरूले भागबण्डा अनुसार पदाधिकारी नियुक्त गर्ने प्रयास भएको र आफूहरूसँग कुनै परामर्श नगरिएको भन्दै असहमति जनाउँदै आएका थिए। उनीहरूले प्रक्रिया पारदर्शी र पीडितकेन्द्रित नहुन सक्ने भन्दै आलोचना गरेका थिए। उनीहरुले आफूहरुको प्रतिनिधित्व नभए छुट्टै आयोग बनाउने चेतावनी समेत दिएका दिँदै आएका छन् । सरकारले यी आयोगमा नयाँ नेतृत्व टुंग्याउन सिफारिस समिति गठन गरेको थियो।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
थप समाचार
इजरायली एक्जिट पोल : आइजेनकोट र नेतान्याहुको पक्षबीच कडा प्रतिस्पर्धा, स्पष्ट विजेता देखिएन
आधारभूत सेवा र सुविधा पनि नभएकाले ग्रामीण क्षेत्रमा बसोबास गर्ने नागरिकको सङ्ख्या घट्दै गएको छ: हर्क साम्पाङ