
काठमाण्डौं, वैशाख २९ :
प्रधानमन्त्री केपी शर्मा ओलीले सबैको मनमा शान्ति,व्यवहारमा करुणा र जीवनमा उज्यालो छाओस् भन्ने शुभकामना व्यक्त गर्नुभएको छ ।
पच्चीस सय ६९ औँ बुद्धजयन्तीको अवसरमा आज यहाँ शुभकामना सन्देश जारी गर्नुहुँदै उहाँले सो कुरा बताउनुभएको हो । “अहिंसाको उज्यालो प्रकाश,मानवता र करुणाको अमूल्य उपहार–यिनै हुन् गौतम बुद्ध”,प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएको छ,“बुद्ध जयन्तीले हामीलाई उहाँको जन्म,बोध प्राप्ति र महापरिनिर्वाणको स्मरण गराउँछ ।”
उहाँले बुद्धका मार्गदर्शनले हाम्रो दृष्टि सम्यक् बनोस्,विचार शुद्ध रहोस् र कर्म उज्यालो होस् भन्ने कामना समेत गर्नुभएको छ ।