
रुपन्देही, वैशाख २९ :
२५६९औं बुद्ध जयन्ती तथा लुम्बिनी दिवसको अवसरमा लुम्बिनीमा शोभा कलश यात्रा निकालिएको छ ।
लुम्बिनीस्थित ५ नम्बर गेटबाट शुरु भएको कलश यात्रा मायादेवि मन्दिर,शान्ति दिप,केन्द्रिय नहरहुँदै अन्तिराष्ट्रिय बौद्ध सम्मेलन केन्द्रमा पुगेको हो ।
आज बिहान ६ बजेदेखि भिक्षु–भिक्षुणी,लामा गुरुहरु तथा उपासक उपासिकाहरुको सहभागितामा मायादेवी मन्दिर परिसरमा प्रार्थना सभापछि आज बिहान साढे ७ बजेदेखि शोभा यात्रा निकालिएको हो ।
शोभा कलश यात्रा पछि विशेष कार्यक्रम सुरु भएको छ ।
शोभा कलश यात्रामा बिभिन्न जातजातिको झाँकि सहितको प्रस्तुती रहेको थियो । बुद्ध जयन्तीको अबसरमा बुद्ध जन्मस्थल लुम्बिनीलाई झकिझकाउ बनाइएको छ । तीन दिनसम्म बिभिन्न कार्यक्रम गरि मनाईने बुद्ध जयन्तीको अवसरमा बुद्ध जन्मस्थल लुम्बिनीलाई दुलही झैं सिँगारिएको छ ।