
शान्तिका नायकका रूपमा विश्वमा परिचित सिद्धार्थ गौतमको २५६९ औँ जयन्ती अहिले लुम्बिनीमा भव्य समारोहको बिच मनाइदैछ ।
प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन मनाइने बुद्ध जयन्तीको बिशेष समारोहलाई सम्बोधन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुभयो ।
मूल समारोहमा प्रधानमन्त्री सहित कोषका अध्यक्ष एवं संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डे,सङ्घीय मन्त्रीहरू,लुम्बिनी प्रदेशका प्रदेश प्रमुख,मुख्यमन्त्री, प्रतिनिधिसभा सदस्यहरू,प्रदेशसभा सदस्यहरू,उच्चस्तरीय पदाधिकारी,कूटनीतिक नियोगका प्रतिनिधिहरू,विभिन्न देशका राजदूतहरू,कूटनीतिक नियोगका प्रतिनिधिहरू र विभिन्न देशका पाहुनाहरूको सहभागिता रहेको छ ।
आजभन्दा २६४९ वर्ष अघि ई.पू.६२३ मा लुम्बिनीमा मायादेवीको कोखबाट शुक्ल पूर्णिमाका दिन जन्मिएका सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पुर्याएको योगदानको स्मरण स्वरूप यो पर्व मनाउने गरिएको हो